Saturday, April 29, 2017
जथाभावी बाटो काट्नेलाई आजबाट २ सय जरिवाना, जेब्राक्रसमा यात्रु अाउँदा सवारी रोक्नैपर्ने
१५ वैशाख, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी मिङमार शेर्पाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई शुक्रबारदेखि केहीबेेर नियन्त्रणमा लिई २ सय रुपैयाँ जरिवाना गर्ने चेतावनी दिए ।
काठमाडौं उपत्यकामा पैदल यात्रुको सुरक्षाका लागि जनचेतना कार्यक्रमको शुक्रबार काठमाडौंमा शुभारम्भ गर्दै उनले जेब्रा क्रसमा पैदल यात्रुले खुट्टा राख्ने बित्तिकै सवारी साधान नरोक्ने सवारी चालकलाई पनि कडा कारबाही गर्ने चेतावनी दिए ।
महानगरीय ट्राफिक महाशाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न बैशाख १ गतेबाट सवारी साधानमा हर्न बजाउन रोक लगाएको थियो । सवारीको चापलाई व्यवस्थित गर्दै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ शुक्रबारबाट पैदल यात्रु सुरक्षा कार्यक्रम संचालनमा ल्याइएको हो ।
पैदल यात्रुले जथाभावी सडक क्रस गर्दा नै सवारी दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको पाइएपछि महाशाखाले पैदल यात्रुहरुलाई जेब्राक्रस र आकाशेपुल प्रयोग गरेर मात्रै सडक पार गर्न पनि पुनः अपील गरेको छ ।
महाशाखाले पैदल यात्रुलाई जनचेतनामूलक कार्यक्रमबारे जानकारी दिन काठमाडाैंमा रहेका २६ वटा सामुदायिक प्रहरी कार्यालयको जनशक्तिलाई समेत परिचालन गरेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment