खुर्कोट आवाज

  • Home
  • Contact us

Thursday, April 27, 2017

म्याद सकिन लाग्यो, कसले जडान गर्ने काठमाडौंमा ट्राफिक लाइट ?

at April 27, 2017 Labels: Kathmandu
Share this
Tweet
१५ बैशाख, काठमाडाैं । दिगो शहरी यातायात आयोजनाको म्याद आउँदो असार १६ गते सकिँदैछ । तर, यसको स्थापनासँगै अघि सारिएको काठमाडौंमा नयाँ ट्राफिक लाइट जडानको योजनाले भने कुनै गति लिएको छैन ।

एशियाली विकास बैंक (एडिबी) को ५१ प्रतिशत अनुदान र २१ प्रतिशत ऋणमा ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टम’ जडान गर्ने भनिएको थियो । यसका लागि सरकारले ३३ करोड रकम छुट्याएको थियो । आयोजना जडान यो रकम पनि खर्च नभई पि|mज हुने अवस्थामा पुगेको छ । आयोजनाले अहिलेसम्म निर्माण कम्पनी नै छनौट गर्न सकेको छैन ।



आयोजनाले अहिलेसम्म तीन पटकसम्म टेन्डर आहृवान गरिसकेको छ । अन्तिम पटकको टेन्डरमा ८ वटा आवदेन परेका थिए । तीमध्ये रसुवा कन्स्ट्रक्सन कम्पनी प्राविधिक मूल्यांकनमा छनौट भयो । तर, वित्तीय रुपमा विश्लेषण गर्दा भने आयोजनाले यसलाई निर्माणको जिम्मा दिइहाल्न सक्ने अवस्था भएन ।

रसुवा कन्स्ट्रक्सनको प्राविधिक विश्लेषणको काम पुस महिनामै सकिएको थियो । त्यसयता आर्थिक विश्लेषणको काम अघि बढेको हो । आर्थिक विश्लेषणबाट कम्पनीले ओभर इस्टिमेट गरेको देखिएपछि सुझावको लागि एडीबी पठाइएको तर लामो समयसम्म कुनै जवाफ नआएको आयोजनाका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार यस कम्पनीले २० प्रतिशत रकम ओभर इस्टिमेट गरेको छ ।

यो आयोजना ३ अर्ब ७ करोड ७७ लाखको हो । जमसध्ये २ अर्ब ५ करोड रकम बराबरको रकम एडीबीले अनुदान तथा ऋणको माध्यमबाट प्रदान गर्न लागेको छ ।

आयोजनाका प्रमुख भीमार्जुन अधिकारी योग्य ठेकेदार आवेदन दिन नआएका कारण यसको अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताउँछन् । उनले भने, ‘यसभन्दा अघि योग्य ठेकेदार आएनन्, अहिले एउटा कम्पनीको आर्थिक विश्लेषण गरिरहेका छौ । ‘

काठमाडौंको ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यले यो आयोजनाको स्थापना गरिएको थियो । सन् २०११ सालमा आयोजना स्थापना भएसँगै सडकमा आधुनिक खालको ट्राफिक लाइट जडान गर्ने प्रस्ताव आएको थियो । सन् २०७३ को जेठमा पहिलोपटक यसको लागि टेन्डर भयो । तर, योग्य ठेकेदार कम्पनीको आवेदन नै परेन ।

ट्राफिक लाइट मात्रै होइन, यसको स्थापनापूर्व आवश्यकपर्ने भौतिक पूर्वाधार पनि ३० प्रतिशत बाँकी नै छ । त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मको बाटो विस्तारमा भएको ढिलाइका कारण यसले त्रिपुरेश्वरमा आवश्यक संरचना बनाउन सकेको छैन । यो आयोजनाले त्रिपुरेश्वरमा रहेको महेन्द्रको शालिक हटाउने र अन्य आवश्यक संरचना बनाउने काम अलपत्र अवस्थामै छ ।


त्यस्तै नारायणहिटीको पश्चिमपट्टकिो पर्खाल भत्काउनुपर्ने छ । यो कामलाई पनि आयोजनाले अघि बढाउन सकेको छैन ।

एडीबी स्रोतका अनुसार अहिले रसुवा कन्स्ट्रक्सनको फाइल अघि बढाउन सकिने अवस्था छैन । स्रोतले भन्यो, ‘ओभर इस्टिमेट भएका कारण रसुवा कन्स्ट्रक्सनलाई छनोट गर्न सकिँदैन ।’

के हो इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टम ?

अहिले राजधानीका अधिकांश ट्राफिक लाइट बिग्रेका छन् । चोकचोकमा ट्राफिक प्रहरीले सवारीको व्यवस्थापन गर्नुपरिरहेको छ । त्यही भएर इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टमको कुरा आएको हो ।

यस्तो सिस्टम युरोपका ठुला शहरमा प्रयोगमा आइसकेको छ । यसमा जेब्रा क्रसिङ नजिकै पोलमा राखिएको ‘पुस बटन’ पैदल यात्रुले दबाउन सक्छन् । बटन दबाएको केहीबेरमा नै सडकमा हिँडेका गाडीलाई ट्राफिक लाइटले रोकिन निर्देशन दिन्छ । तत्कालै कन्ट्रोल युनिटले पैदलयात्रीलाई बाटो काट्न अनुमति दिने गरी हरियो बत्ति बाल्छ । अनि पैदलयात्रुले सहजै बाटो काट्न सक्छन् ।

लाइटहरुको व्यवस्थापनका लागि ट्राफिक प्रहरीको केन्ऽमा छुट्टै कन्ट्रोल युनिट स्थापना गरिएको हुन्छ । कन्ट्रोल रुममा बसेर विभिन्न चोकमा सीसी क्यामाराको सहयोगमा लाइटमार्फत नै सवारी र पैदलयात्रुको व्यवस्थापन गर्न सकिन्छ ।

लाइट राख्ने पूर्वाधारका लागि काठमाडौंका विभिन्न चोकहरुमा भटाभट त्रिकोणात्मक नयाँ ट्राफिक आइल्याण्डहरु बन्दै छन् । तर त्रिपुरेश्वरमा भने आइल्याण्डको निर्माण अहिलेसम्म हुन सकेको छैन ।

माइतीघरदेखि तीनकुनेसम्म, जयनेपालदेखि थापाथली हुँदै जाउलाखेलसम्म, नारायणगोपाल चोकदेखि त्रिपुरेश्वरसम्म र राजदरबार दक्षिणढोकादेखि कमलपोखरी हुँदै भद्रकालीसम्म यस्ता ट्राफिक लाइट जडान गर्ने आयोजनाको लक्ष्य छ । तर लक्ष्य पूरा नुहँदै आयोजनाको नै म्यादै सकिन लागेको छ ।

Newer Post Older Post

No comments :

Post a Comment

Subscribe to: Post Comments ( Atom )

Search this website

Popular Posts

  • मुढाले किचेर एकको मृत्यु, सातजना पक्राउ
    वैशाख १४, २०७४- गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुममा एक जनाको मृत्यु भएको छ ।  खोरुंगा खोलामा माछा मार्दै गर्दा बिहीबार ...
  • घरबेटीलाई होइन, अब सरकारलाई तिर्नु पर्यो घरभाडा |
    १३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय ...
  • टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने
    १२ वैशाख, काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिज...
  • स्वागत छ सब्बैजनालाई |
    आफ्नै गाउँ घर तथा राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार क सहित हामी तपाईहरु सामु सधै उपस्तित हुने छौं | ताजा खबरको हामी माज सधै रहनु होला | - खु...
  • म्याद सकिन लाग्यो, कसले जडान गर्ने काठमाडौंमा ट्राफिक लाइट ?
    १५ बैशाख, काठमाडाैं । दिगो शहरी यातायात आयोजनाको म्याद आउँदो असार १६ गते सकिँदैछ । तर, यसको स्थापनासँगै अघि सारिएको काठमाडौंमा नयाँ ट्राफिक ...
  • जथाभावी बाटो काट्नेलाई आजबाट २ सय जरिवाना, जेब्राक्रसमा यात्रु अाउँदा सवारी रोक्नैपर्ने
    १५ वैशाख, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्र...
  • विद्यार्थीले ल्याए आन्दोलनका नयाँ कार्यक्रम, सरकारी गाडी चल्न नदिने
    १४ बैशाख, काठमाडौं । निजी विद्यालयहरुले तोकेको मापदण्ड उल्लंघन गरी शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले थप कार्यक्रमहरु सार...
  • बैशाख ३१ को चुनाव सारेर एकै चरणमा गर्ने एमालेको प्रस्ताव
    १६ बैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३१ र जेठ ३१ का दुबै चरणको निर्वाचन सारेर बजेटअगावै एकै च...
  • सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए
    ३ माघ, काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमु...
  • हेलिकोप्टरबाट अन्नपूर्ण बेस क्याम्प
    १९ मंसिर, पोखरा । पोखरा बस्नेलाई हिमाल नयाँ कुरा होइन । प्रायः हरेक बिहानीमा उत्तरतिर हेर्दा पोखरेलीको आँखैमा हिमाल आइपुग्छ । चिसोमा हिमालले...

Blog Archive

  • January 2018 ( 1 )
  • December 2017 ( 1 )
  • May 2017 ( 2 )
  • April 2017 ( 8 )

Find us on Facebook

खुर्कोट, पर्बत

Popular Posts

  • मुढाले किचेर एकको मृत्यु, सातजना पक्राउ
    वैशाख १४, २०७४- गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुममा एक जनाको मृत्यु भएको छ ।  खोरुंगा खोलामा माछा मार्दै गर्दा बिहीबार ...
  • घरबेटीलाई होइन, अब सरकारलाई तिर्नु पर्यो घरभाडा |
    १३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय ...
  • टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने
    १२ वैशाख, काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिज...

Category

  • Government
  • Kathmandu
  • News
  • Technology

© खुर्कोट आवाज 2017 .