खुर्कोट आवाज

  • Home
  • Contact us

Saturday, April 29, 2017

बैशाख ३१ को चुनाव सारेर एकै चरणमा गर्ने एमालेको प्रस्ताव

at April 29, 2017
Share this
Tweet
१६ बैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३१ र जेठ ३१ का दुबै चरणको निर्वाचन सारेर बजेटअगावै एकै चरणमा चुनाव गर्ने प्रस्ताव अघि सारेका छन् ।



संविधान संशोधनबारे सहमति खोज्न सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु शनिबार विहान ओली निवास बालकोट पुगेका थिए ।

भेटमा एमाले अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने अडान लिए । उनले बरु बैशाख ३१ गतेका लागि तोकिएको पहिलो चरणको चुनाव सार्ने र जेठ १५ को बजेट अगावै एकै चरणमा गर्ने प्रस्ताव राखे ।

कांग्रेस नेताहरुसँगको भेटपछि बसेको पार्टी स्थायी कमिटीको बैठकमा ओलीले आफूहरुले कांग्रेस नेताहरुसामू एकै चरणमा चुनाव गर्ने प्रस्ताव राखेको बताए ।

एमालेका एक पदाधिकारीका अनुसार यसबारे एमालेले आधिकारिक निर्णय भने गरिसकेको छैन ।

कांग्रेस नेताहरुले पनि एमाले अध्यक्ष ओलीले बैशाख ३१ को चुनाव सारेर जेठ ११/११ गतेतिर एकै चरणमा गरौं भन्ने प्रस्ताव राखेको स्वीकार गरेका छन् । जवाफमा कांग्रेस नेताहरुले निर्वाचन तालिका आइसकेको भन्दै एमाले प्रस्ताव अस्वीकार गरेका छन् ।


एमालेविना दुई तिहाई नसोचे हुन्छ


संविधान संशोधनमा एमालेलाई मनाउने सत्तारुढ कांग्रेसको प्रयास पनि असफल भएको छ । बैठकमा कांग्रेस नेताहरुले मधेसी मोर्चालाई पनि समेटेर चुनाव गराउनुपर्ने भन्दै संविधान संशोधनमा सहमति गर्न प्रस्ताव गरेका छन् ।

तर, एमाले अध्यक्ष ओेलीले अस्वीकार गरेका छन् । संविधान संशोधन कुनै हालतमा पास हुन नदिने भन्दै उनले ‘एमालेविना दुई तिहाई पुर्‍याउँछु भन्ने नसोचे पनि हुन्छ’ भनेका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरुले एमाले नेतृत्वसँग लगातार दुई दिन छलफल गरेका थिए । तर, संशोधन पास हुन नदिने एमाले अडान कायमै छ ।
Newer Post Older Post

No comments :

Post a Comment

Subscribe to: Post Comments ( Atom )

Search this website

Popular Posts

  • मुढाले किचेर एकको मृत्यु, सातजना पक्राउ
    वैशाख १४, २०७४- गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुममा एक जनाको मृत्यु भएको छ ।  खोरुंगा खोलामा माछा मार्दै गर्दा बिहीबार ...
  • घरबेटीलाई होइन, अब सरकारलाई तिर्नु पर्यो घरभाडा |
    १३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय ...
  • टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने
    १२ वैशाख, काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिज...
  • स्वागत छ सब्बैजनालाई |
    आफ्नै गाउँ घर तथा राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार क सहित हामी तपाईहरु सामु सधै उपस्तित हुने छौं | ताजा खबरको हामी माज सधै रहनु होला | - खु...
  • म्याद सकिन लाग्यो, कसले जडान गर्ने काठमाडौंमा ट्राफिक लाइट ?
    १५ बैशाख, काठमाडाैं । दिगो शहरी यातायात आयोजनाको म्याद आउँदो असार १६ गते सकिँदैछ । तर, यसको स्थापनासँगै अघि सारिएको काठमाडौंमा नयाँ ट्राफिक ...
  • जथाभावी बाटो काट्नेलाई आजबाट २ सय जरिवाना, जेब्राक्रसमा यात्रु अाउँदा सवारी रोक्नैपर्ने
    १५ वैशाख, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्र...
  • विद्यार्थीले ल्याए आन्दोलनका नयाँ कार्यक्रम, सरकारी गाडी चल्न नदिने
    १४ बैशाख, काठमाडौं । निजी विद्यालयहरुले तोकेको मापदण्ड उल्लंघन गरी शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले थप कार्यक्रमहरु सार...
  • बैशाख ३१ को चुनाव सारेर एकै चरणमा गर्ने एमालेको प्रस्ताव
    १६ बैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३१ र जेठ ३१ का दुबै चरणको निर्वाचन सारेर बजेटअगावै एकै च...
  • सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए
    ३ माघ, काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमु...
  • हेलिकोप्टरबाट अन्नपूर्ण बेस क्याम्प
    १९ मंसिर, पोखरा । पोखरा बस्नेलाई हिमाल नयाँ कुरा होइन । प्रायः हरेक बिहानीमा उत्तरतिर हेर्दा पोखरेलीको आँखैमा हिमाल आइपुग्छ । चिसोमा हिमालले...

Blog Archive

  • January 2018 ( 1 )
  • December 2017 ( 1 )
  • May 2017 ( 2 )
  • April 2017 ( 8 )

Find us on Facebook

खुर्कोट, पर्बत

Popular Posts

  • मुढाले किचेर एकको मृत्यु, सातजना पक्राउ
    वैशाख १४, २०७४- गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुममा एक जनाको मृत्यु भएको छ ।  खोरुंगा खोलामा माछा मार्दै गर्दा बिहीबार ...
  • घरबेटीलाई होइन, अब सरकारलाई तिर्नु पर्यो घरभाडा |
    १३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय ...
  • टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने
    १२ वैशाख, काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिज...

Category

  • Government
  • Kathmandu
  • News
  • Technology

© खुर्कोट आवाज 2017 .