Thursday, April 27, 2017
विद्यार्थीले ल्याए आन्दोलनका नयाँ कार्यक्रम, सरकारी गाडी चल्न नदिने
१४ बैशाख, काठमाडौं । निजी विद्यालयहरुले तोकेको मापदण्ड उल्लंघन गरी शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले थप कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।नेबिसंघ केन्द्रीय कार्यालयमा बिहीबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले सरकारी गाडी सन्चालमा रोक लगाउने लगायतका आन्दोलन कार्यक्रमहरु सार्बजनिक गरेका हुन् ।
विद्यार्थीहरुले सार्वजनिक गरेका नयाँ कार्यक्रम अनुसार बैशाख १५ गते शुक्रबार शिक्षा विभाग र देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने रहेको छ ।
यस्तै बैशाख १७ गते शनिबार शिक्षामन्त्री, शिक्षा मन्त्रालयका अधिकारीहरु र निजी विद्यालयका सञ्चालकहरु (प्याब्सन र एनप्याव्सनका पदाधिकारी) समेतलाई बहिस्कार गर्ने निर्णय विद्यार्थीहरुले गरेका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत १८ गते आइतबार सरकारी सवारीसधान सञ्चालनमा रोक लगाउने निर्णय संयुक्त विद्यार्थी संगठनहरुले गरेका छन् ।
आफूहरुले दिएको अल्टिमेटममा माग पूरा नभएकाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको नेबिसंघ अध्यक्ष नैनसिंह महरले बताए ।
नियमविपरित चर्को शुल्क वृद्धि गरेको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले बुधबार काठमाडौं उपत्यकाका निजी विद्यालयहरुमा तालाबन्दी गरेका थिए ।
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment