खुर्कोट आवाज

  • Home
  • Contact us

Wednesday, April 26, 2017

टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने

at April 26, 2017 Labels: Technology
Share this
Tweet
१२ वैशाख, काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी यो ब्यवस्था गरिएको टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

नेपाल सरकारका वेबसाइटहरु टेलिकमको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न समेत सकिने भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । निःशुल्क हेर्न सकिने नेपाल सरकारका उल्लिखित वेबसाइटहरुको सूची कम्पनीको वेबसाइटमा उपलब्ध गराइएको राजभण्डारीले बताइन् ।


यस्तै गरी टेलिकमले फरक-फरक सिष्टमबाट बिलिङ्ग तथा ग्राहकसेवा हँुदै आएका कम्पनीका बिभिन्न सेवाहरुलाई एउटै सिष्टम भित्र ल्याउने परियोजना अन्तर्गत २०७४ बैशाख १० गते देखि एफटीटीएएच र एडीएसएल सेवाको बिलिङ्ग कन्भर्जेन्ट रियल टाइम बिलिङ्ग सिष्टमबाट गर्न थालिएको छ ।
यसअघि नै सिडिएमए, जिएसएम र वाईम्याक्स सेवालाई कन्भर्जेन्ट बिलिङ्ग सिष्टममा लगि सकिएको थियो भने पीएसटीएनलाई सीआरटीबी मा माइग्रेसन गर्नको लागि आवश्यक तयारी भैरहेको छ ।
केही वर्ष अघिदेखि नेपाल टेलिकमले सबै सेवाहरुको लागि एउटै कन्भर्जेन्ट बिलिङ्ग तथा कस्टमर केयर सिष्टम जडान गरिरहेकोमा अव एउटै काउन्टरबाट एउटै सिष्टम प्रयोग गरी सिडिएमए, जिएसएम, वाईम्याक्स, एफटीटीएच र एडीएसएल सेवाको नयाँ लाइन जडान, महसुल संकलन लगायतका ग्राहक सेवाका कार्यहरु गर्न सकिने भण्डारीले बताइन् । कार्य सम्पादनमा छिटोछरितोपना आउनुका साथै ग्राहक सेवासमेत सहज हुने बिश्वास लिईएको उनले बताइन् ।
अन्डरग्राउण्ड अप्टिकल केबुल, एडीएसएस फाइवर र नेपाल विद्युत प्राधिकरणबाट भाडामा लिई सञ्चालनमा रहेको अप्टिकल ग्राउण्ड वायरसमेत गरी हाल कम्पनीको अप्टिकल फाइवर सञ्जालमा ५५ जिल्ला समेटिएकोमा सो सञ्जाल थप विस्तारका लागि पहाडी जिल्लाका एक्सचेन्ज, बिटिएस, रिपिटरहरुलाई समेत समेट्ने गरी कम्पनीद्वारा नयाँ एडीएसएस फाइवर आयोजनाको कार्य अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


आयोेजनाको उद्देश्य कुल एक हजार किमिको मार्गमा अप्टीकल फाइबर नेटवर्क विस्तार गर्ने रहेको छ । यो नेटवर्कले देशका विभिन्न दुर्गम तथा विकट स्थानहरुमा समेत भ्वाइस, डाटा तथा भिडीयो सेवा प्रदान गर्न सकिने गरी सूचना मार्गको बिस्तार हुनेछ ।
यो नेटवर्कले भोजपुर, संखुवासभा, खोटाङ्ग, रामेछाप, दोलखा, मुस्ताङ्ग, दैलेख, डडेलधुरा, डोटी, बैतडी, अछाम र अन्य स्थानहरुलाई कम्पनीको विद्यमान अप्टिकल फाइबर केवल संरचनामा आवद्ध गर्ने छ । यस आयोजनाको समापन पश्चात कम्पनीको अप्टिकल फाइवर सञ्जालमा कुल ६६ जिल्ला आवद्ध हुनेछन् ।
नेपाल टेलिकमले बैशाखको पहिलो हप्ताबाट मुलुककै एक प्रमुख पर्यटकीय स्थल मुगु जिल्लाको रारा ताल क्षेत्रमा थ्रीजि सेवा सञ्चालनमा ल्याएको पनि जनाएको छ ।
यसबाट सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सूचना तथा सञ्चारको पहुँचमा सहजता भएको छ । सो थ्रीजि सेवाबाट रारा ताल आसपासका साथै रारा (ताल्चा) विमानस्थल क्षेत्रमा सेवा पुगेको छ ।

Newer Post Older Post

No comments :

Post a Comment

Subscribe to: Post Comments ( Atom )

Search this website

Popular Posts

  • मुढाले किचेर एकको मृत्यु, सातजना पक्राउ
    वैशाख १४, २०७४- गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुममा एक जनाको मृत्यु भएको छ ।  खोरुंगा खोलामा माछा मार्दै गर्दा बिहीबार ...
  • घरबेटीलाई होइन, अब सरकारलाई तिर्नु पर्यो घरभाडा |
    १३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय ...
  • टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने
    १२ वैशाख, काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिज...
  • स्वागत छ सब्बैजनालाई |
    आफ्नै गाउँ घर तथा राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार क सहित हामी तपाईहरु सामु सधै उपस्तित हुने छौं | ताजा खबरको हामी माज सधै रहनु होला | - खु...
  • म्याद सकिन लाग्यो, कसले जडान गर्ने काठमाडौंमा ट्राफिक लाइट ?
    १५ बैशाख, काठमाडाैं । दिगो शहरी यातायात आयोजनाको म्याद आउँदो असार १६ गते सकिँदैछ । तर, यसको स्थापनासँगै अघि सारिएको काठमाडौंमा नयाँ ट्राफिक ...
  • जथाभावी बाटो काट्नेलाई आजबाट २ सय जरिवाना, जेब्राक्रसमा यात्रु अाउँदा सवारी रोक्नैपर्ने
    १५ वैशाख, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्र...
  • विद्यार्थीले ल्याए आन्दोलनका नयाँ कार्यक्रम, सरकारी गाडी चल्न नदिने
    १४ बैशाख, काठमाडौं । निजी विद्यालयहरुले तोकेको मापदण्ड उल्लंघन गरी शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले थप कार्यक्रमहरु सार...
  • बैशाख ३१ को चुनाव सारेर एकै चरणमा गर्ने एमालेको प्रस्ताव
    १६ बैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३१ र जेठ ३१ का दुबै चरणको निर्वाचन सारेर बजेटअगावै एकै च...
  • सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए
    ३ माघ, काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमु...
  • हेलिकोप्टरबाट अन्नपूर्ण बेस क्याम्प
    १९ मंसिर, पोखरा । पोखरा बस्नेलाई हिमाल नयाँ कुरा होइन । प्रायः हरेक बिहानीमा उत्तरतिर हेर्दा पोखरेलीको आँखैमा हिमाल आइपुग्छ । चिसोमा हिमालले...

Blog Archive

  • January 2018 ( 1 )
  • December 2017 ( 1 )
  • May 2017 ( 2 )
  • April 2017 ( 8 )

Find us on Facebook

खुर्कोट, पर्बत

Popular Posts

  • मुढाले किचेर एकको मृत्यु, सातजना पक्राउ
    वैशाख १४, २०७४- गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुममा एक जनाको मृत्यु भएको छ ।  खोरुंगा खोलामा माछा मार्दै गर्दा बिहीबार ...
  • घरबेटीलाई होइन, अब सरकारलाई तिर्नु पर्यो घरभाडा |
    १३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय ...
  • टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने
    १२ वैशाख, काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिज...

Category

  • Government
  • Kathmandu
  • News
  • Technology

© खुर्कोट आवाज 2017 .