खुर्कोट आवाज

  • Home
  • Contact us

Tuesday, December 5, 2017

हेलिकोप्टरबाट अन्नपूर्ण बेस क्याम्प

No comments : at December 05, 2017
१९ मंसिर, पोखरा । पोखरा बस्नेलाई हिमाल नयाँ कुरा होइन । प्रायः हरेक बिहानीमा उत्तरतिर हेर्दा पोखरेलीको आँखैमा हिमाल आइपुग्छ । चिसोमा हिमालले न्यायो लगाउन आग्रह गरे झैँ लाग्छ ।

गर्मीमा पोखरा आइपुग्नेलाई चिसो हावा हम्किन्छ, हिमाल । तर, हिमाललाई छुने रहर पूरा गर्न बर्सेनी सयौं स्वदेशी तथा विदेशी हिमाली क्षेत्रको पाहुना हुन पुग्छन् ।

पोखरा निर्वाचनमय बनिसकेको थियो । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको पारो चढ्दै छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनले कास्कीलाई छपक्कै छोपिसकेको थियो । तर, चुनावी माहोलकाबीच केही दिनअघि एकहुल युवा भने हिमाल छुन निस्किए ।

पोखराबाट उत्तर हेर्नेलाई आभास हुनसक्छ, म हिमालमै छु । उतिबेलै हिमाल पुगेर हिँउ खेल्न पनि सकिन्छ, कल्पना गरेर । तर, यसपटक हिमाल छुन निस्केका युवाले १५/२० मिनेटमै हिमाल छुन पाए । त्यो कल्पनामा थिएन, यथार्थमै थियो ।

कम समयमा पनि हिमाल पुगेर हिँउ खेल्ने चाह भएका व्यक्तिले हिमालको माथिमाथिबाट दृश्यावलोकन गर्दै अब १५/२० मिनेटमै अन्नपूर्ण बेसक्याम्प पुग्न सक्ने भएको छ ।

यो सेवा सिम्रिक एयरको हेलिकप्टरले पूरा गरेको छ भने पोखरा हेलिसर्भिसले छोटो समयमा हिमालमा रमाएर फर्कने इच्छालाई पूरा गर्न सघाएको छ ।



अन्नपूर्ण बेसक्याप्प पुग्दा देखिए, कोही उफ्रिरहेका मृगका साबक झैं । कोही बुर्कुसी मारिरहेका छन्, जसरी बँधुवा गोरु फुकाउँदा जसरी बुर्कुसी मारेर दौडन्छ ।

कोही माछापुच्छ्रे, अन्नपूर्ण, गंगा लगायतका हिमाललाई पछाडि पारेर सेल्फी खिचिरहेका छन् ।

कोही हात माथि उठाएर उफ्रिँदै उडेको जसरी फोटो कैद गर्न लालायित छन् । हिमाल ओडेर, हिमाललाई अंगालो बेरेर, हिमालै आछ्याएर पल्टिरहेका छन्, कोही ।



विश्वमै चर्चा कमाएको हिमालै हिमालले घेरिएको सानो उपत्यका हो, अन्नपूर्ण बेसक्याम्प । अहिले पनि बर्सेनि हजारौं पर्यटक पदयात्रामार्फत अन्नपूर्ण बेसक्याम्प पुग्छन् ।

हिमाल पुगेर फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्नेमा अधिकांश युवा छन् ।

पाका उमेरका विदेशी पनि अन्नपूर्णको रोमाञ्चककारी यात्रा गर्न पुग्छन् । पदयात्रामार्फत अन्नपूर्ण बेसक्याम्प पुग्न एक हप्ता लाग्छ ।

हिँड्न नसक्ने, एक हप्ते समय नभएका व्यक्तिलाई हिमाल पुगेर रमाउन हेलिसर्भिस गतिलो माध्यम बनेको छ ।



जापानका ७० वर्षीय ओगुची हिमाल भनेपछि हुरुक्कै हुन्छन् । पोखरा घुम्न आउँदा अन्नपूर्ण बेसक्याम्प पुग्ने उनको ठूलो रहर थियो । तर, हप्तादिन लगाएर पदयात्राबाट जान समय र उमेरका कारण पनि गाह्रो थियो । उनले त्यो रहर पोखरा हेलिसर्भिसबाट पूरा गर्न पाए ।

‘हेलिकोप्टरबाट मैले सजिलै त्यो रहर पूरा गर्न पाएँ,’ उनले भने, ‘हिँडेर आउन सक्दिनथेँ । तर, आफ्नो शोख पूरा गर्न पाएँ । यस्तो अद्भूत आनन्न मैले मैले कमै महसुस गरेको छु ।’

ओगुचीसँगै अरु ४ साथी पनि थिए, जो सँगै रमाइरहेका थिए । उनीहरुले हिमालको काखमा कसेर योगसमेत गरे । हेलिकप्टरमार्फत ८ हजार मिटरभन्दा विश्वकै अग्लो हिमालमध्येको एक ‘अन्नपूर्ण प्रथम’ (८०९१ मिटर) को फेदीमा रमाउने पर्यटकको संख्या अहिले बढिरहेको छ ।

चिनियाँ राजधानी सहर बेइजिङबाट अन्नपूर्ण बेसक्याम्पस पुगेका चाङ वाङ लीले पनि थरिथरीका तस्बिर कैद गरे ।

२/३ दिन पर्खेर पनि हेलिकप्टरमार्फत आधार शिविर पुग्ने पर्यटक भेटिए । त्यस्तै, एक जना हुन्, फ्रान्सबाट आएकी मार्टिना अकरमान ।



‘बेसक्याम्प पुग्ने ठूलो रहर थियो तर समय थिएन,’ अकरमानले भनिन्, ‘बेसक्याम्पस पुग्ने पक्का भए पनि राति ३ बजे नै निद्रा खुल्यो । बिहानै उडेर बेसक्याम्प पुग्यौं । विश्वकै यस्तो ठाउँ अन्त देखेकी छैन । म फ्रान्स फर्केर सबैलाई भन्नेछु ।’

चिसो मौषममा हिँडेर जान पनि समस्या पर्ने भएकाले हेलिकोप्टरबाट मध्यम परिवारका व्यक्तिले समेत समय र पैसा छुट्याएर हिमाल पुगेर हिँउ खेलेर फर्कने गरेका छन् ।

‘यतिबेला अन्नपूर्ण आधार शिविर सेताम्मे छ । धेरैको रहर हुन्छ । हिमाल पुगेर हिँउ खेलेर फर्कौं,’ पाइलट सिद्धार्थ गुरुङले भने, ‘चिसो मौषममा हेलिकप्टरमार्फत हिँउ खेल्न हिमाल पुग्न पर्यटक लालायित देखिन्छन् ।’



सगरमाथाभन्दा पहिले चढिएको हिमाल हो, अन्नपूर्ण हिमाल । सन् १९५० जुन ३ मा फ्रन्सका आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रमथ हिमाल आरोहण गरेका थिए ।

अहिले अन्नपूर्ण आधार शिविरमा यसको जानकारी दिन मोरिस हर्जोगको सूचनासहितको शालिक निर्माण हुँदैछ ।

इतिहास बोकेको हिमालको चर्चा गर्न र बुझाउन नसकिएको गुनासो पर्यटनविद् झलक थापाले गर्ने गरेका छन् । उनी भन्छन्, ‘हामीले हाम्रै इतिहासका बारेमा जान्न सकेनौं वा खोजेनौं भने विदेशीलाई कसरी आफ्नो बारेमा भन्न सक्छौं ।’

अन्नपूर्ण पदयात्रा विश्वकै चर्चित पदयात्रा भए पनि थुप्रै समस्यका कारण अझै यसको विकास हुन नसकेको गुनासो पर्यटनविद्को छ ।

स्वर्ग भन्ने कतै छ भने त्यो अन्नपूर्ण आधार शिविरजस्तै हुन सक्ने हिमाल पुगेर रमाइरहेका पत्रकार सुमन ढुंगाना बताउँछन् ।

‘हिमालैहिमालले घेरिएको, त्यसैमाथि हिउँले छपक्कै छोपिँदा यहाँ मान्छेले संसारका सबै दुख भुलेर रमाउँछन्,’ उनी भन्छन्, ‘हामीले अझै हाम्रा सम्पदा र यस्तो अद्भूत कुरालाई विश्वमाझ पुर्‍याउन सकिरहेका छैनौं ।’



पछिल्लो समयमा हेलिकप्टरबाट हिमशृंखलाको दृश्यावलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटक बढेको सिम्रिक एयरका मार्केटिङ म्यानेजर कमल गौतमले बताए ।

सन् २०१७ को फ्रेबुअरीदेखि पोखरामै हेलिकोप्टर राखेर सेवा दिइएको उनले जनाए । ‘कोही बिरामी परेर उद्धार गर्न पर्‍यो भने पनि काठमाडौंदेखि मगाउनुपर्ने बाध्यता अन्त्य भयो’, उनले भने, ‘समय र पैसा दुवै थोरै लाग्ने भएको छ ।’

स्वदेशी/विदेशी पर्यटकलाई अन्नपूर्ण आधार शिविर लगायत ठाउँ घुमाउन पोखरा हेलिसर्भिसले सिम्रिक एयरको बुकिङ एजेन्टका रुपमा काम गरिरहेको छ ।

पोखरादेखि ४० किलोमिटरको हवाई दुरी रहेको अन्नपूर्ण आधार शिविर हेलिकप्टरबाट १५ मिनेटमा पुगिन्छ । सिम्रिकले पोखरालाई आधार बनाएर सेवा चलाउन अमेरिकामा निर्मित एक हेलिकप्टर यहीं राख्ने गरको छ ।



स्वदेशी/विदेशी पर्यटकलाई अन्नपूर्ण आधार शिविर लगायत ठाउँ घुमाउन पोखरा हेलिसर्भिसले सिम्रिक एयरको बुकिङ एजेन्टका रुपमा काम गरिरहेको छ ।

पोखरामा स्टेसन राखेर माउन्टेन फ्लाइट गर्दै आएको सिम्रिक एयरको हेलिकप्टरले विभिन्न घटनाका घाइते र बिरामीको उद्धार सेवा पनि दिइरहेको छ ।



अन्नपूर्ण आधार शिविर पैदलै पुगेपछि लेक लागेर वा अन्य कारण ज्यान खतरामा परेका पर्यटकको उद्धारमा पनि सिम्रिकले सेवा गरिरहेको पाइलट सिद्धार्थ गुरुङले बताए ।

मुगु र रुकुमसम्मबाट पनि सुत्केरीहरुको उद्धार गरी अस्पतालसम्म पुर्‍याएको सिम्रिक हेलिकप्टरका पोखरास्थित मार्केटिङ म्यानेजर प्रमुख कमल गौतमले बताए ।

सुत्केरी व्यथा लागेका, जटिल प्रकारका बिरामी र हिमाली क्षेत्रमा फसेका पर्यटकका लागि हेलिकप्टरले एम्बुलेन्सकै काम गरेको छ ।
Read More
Newer Posts Older Posts Home
Subscribe to: Posts ( Atom )

Search this website

Popular Posts

  • मुढाले किचेर एकको मृत्यु, सातजना पक्राउ
    वैशाख १४, २०७४- गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुममा एक जनाको मृत्यु भएको छ ।  खोरुंगा खोलामा माछा मार्दै गर्दा बिहीबार ...
  • घरबेटीलाई होइन, अब सरकारलाई तिर्नु पर्यो घरभाडा |
    १३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय ...
  • टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने
    १२ वैशाख, काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिज...
  • स्वागत छ सब्बैजनालाई |
    आफ्नै गाउँ घर तथा राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार क सहित हामी तपाईहरु सामु सधै उपस्तित हुने छौं | ताजा खबरको हामी माज सधै रहनु होला | - खु...
  • म्याद सकिन लाग्यो, कसले जडान गर्ने काठमाडौंमा ट्राफिक लाइट ?
    १५ बैशाख, काठमाडाैं । दिगो शहरी यातायात आयोजनाको म्याद आउँदो असार १६ गते सकिँदैछ । तर, यसको स्थापनासँगै अघि सारिएको काठमाडौंमा नयाँ ट्राफिक ...
  • जथाभावी बाटो काट्नेलाई आजबाट २ सय जरिवाना, जेब्राक्रसमा यात्रु अाउँदा सवारी रोक्नैपर्ने
    १५ वैशाख, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्र...
  • विद्यार्थीले ल्याए आन्दोलनका नयाँ कार्यक्रम, सरकारी गाडी चल्न नदिने
    १४ बैशाख, काठमाडौं । निजी विद्यालयहरुले तोकेको मापदण्ड उल्लंघन गरी शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले थप कार्यक्रमहरु सार...
  • बैशाख ३१ को चुनाव सारेर एकै चरणमा गर्ने एमालेको प्रस्ताव
    १६ बैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३१ र जेठ ३१ का दुबै चरणको निर्वाचन सारेर बजेटअगावै एकै च...
  • सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए
    ३ माघ, काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमु...
  • हेलिकोप्टरबाट अन्नपूर्ण बेस क्याम्प
    १९ मंसिर, पोखरा । पोखरा बस्नेलाई हिमाल नयाँ कुरा होइन । प्रायः हरेक बिहानीमा उत्तरतिर हेर्दा पोखरेलीको आँखैमा हिमाल आइपुग्छ । चिसोमा हिमालले...

Blog Archive

  • January 2018 ( 1 )
  • December 2017 ( 1 )
  • May 2017 ( 2 )
  • April 2017 ( 8 )

Find us on Facebook

खुर्कोट, पर्बत

Popular Posts

  • मुढाले किचेर एकको मृत्यु, सातजना पक्राउ
    वैशाख १४, २०७४- गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुममा एक जनाको मृत्यु भएको छ ।  खोरुंगा खोलामा माछा मार्दै गर्दा बिहीबार ...
  • घरबेटीलाई होइन, अब सरकारलाई तिर्नु पर्यो घरभाडा |
    १३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय ...
  • टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने
    १२ वैशाख, काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिज...

Category

  • Government
  • Kathmandu
  • News
  • Technology

© खुर्कोट आवाज 2017 .